टिचिङमा पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं,१८ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो । डा भण्डारीका अनुसार ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी हुन् । अस्पतालले १६ घन्टा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो ।
डा भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया आज बिहान १ बजे मात्र सकिएको थियो । शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको थियो । सर्जरीमा डा भण्डारीको नेतृत्वमा १२ जना सामेल रहेका थिए । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो। तर, केन्द्रले प्रत्यारोपणलाई निरन्तरता दिन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here