काठमाडौं,१४ जेठ । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले डिस्पोज गरेको छ । आज बिहान करिब ७ बजे भेटिएको बम ९ः३० बजे कैलालीको बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालो झोलाभित्र बम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश जाग्रीले बताउनुभयो । वडा प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले उक्त बम गए राति राखिएको बताउनुभयो ।

