झुरझुरेमा दुर्घटनामा ३ जनाको मृत्यु

चितवन,२२ भदौं । चितवनको राप्ती नगरपालिका–३ झुरझुरेमा गएराति तेल बोक्ने ट्याङ्कर र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा बारा जितपुर–१६ का ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ का ३४ वर्षीय जितबहादुर स्यान्ताङको मृत्यु भएको प्रहरीले जनाएको छ । नारायणगढबाट पुर्व जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको तेल ट्याङ्कर र ग ५ प ६२६० नम्बरको मोटरसाइकल पुर्व पश्चिम राजमार्ग अन्तरगत झुरझुरेमा आपसमा ठोक्किएका थिए ।

यस्तै रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४, सोलावाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बाँफिकोट गाउँपालिका–९ का २८ वर्षीय धनमाया देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा धनमायाकी छोरी १३ वर्षीय मुना, मुसीकोट नगरपालिका–१३, कि २४ बर्षीया कमला केसी र बाँफिकोट–९, कि १६ बर्षीया ललिता ओली घाइते भएका छन् । घाइते ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here