झापामा एक्लै ओली

झापा,४ मंसिर– आसन्न निर्वाचनलाई आफ्नो पक्षमा पार्न चुनावी सभामा व्यस्त एमाले अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्लामा दिनभरि भेटघाटमा व्यस्त रहनुहुने भएको छ ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त चुनानी सभा गर्दै हिडेको कम्युनिष्ट गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको हिजो निधनभए पछि काठमाडौं फर्किसंगै अध्यक्ष ओली आन्तरिक भेटवार्तामा जुट्नुभएको हो ।
गठबन्धनले देशमा प्रमुख १४ शहरमा सभाको आयोजना गर्ने आयोजना अनुसार विभिन्न शहरमा सभा सम्पन्न गरिसकेको छ । गठबन्धनले आज कुनै अपौचारिक कार्यक्रमका बारेमा जानकारी नगराएपनि भोली भने चितवनमा सभाको आयोजना गरिएको जनाएको छ ।

त्यस्तै मंसिर– ६ गते बुटवल र दाङ, सुर्खेत र दैलेखमा–७, कैलाली र कञ्चनपुरमा–८ गते र पोखरामा ९ गते चुनावी सभा गर्ने यसअघिनै जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here