झन्डै एक सय कैदी फरार

इन्डोनेसिया, इन्डोनेसियाको सुमात्रास्थित एक जेलबाट १ सयभन्दा बढी कैदी फरार भएका छन् । हिजो नमाजका लागि जेलबाट बाहिर निकालिएका कैदीमध्ये करिब दुई सय जना भागेको बताईएको छ । तीमध्ये करिब एक तिहाईलाई पुनः पक्राउ गरिएको अधिकारीहरुले बताएकाछन् ।

कैदीले खचाखच भरिएको जेलबाट भागेका कैदीहरुको फुटेज स्थानीय एक टेलिभिजन च्यानलले प्रसारण गरेको छ । कानुन मन्त्रालयका एक अधिकारीले बताए अनुसार ३ सय कैदी राख्ने क्षमता भएको जेलमा १ हजार ९ सय कैदी राखिएको थियो ।

जेलको सुरक्षाका लागि भने जम्मा ६ जना मात्र सुरक्षा गार्ड तैनाथ थिए । ठूलो संख्यामा कैदी फरार भएपछि सरकारले थप सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीले शहरका मुख्य नाका बन्द गरेर फरार कैदीको खोजी तीव्र पारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here