ज्येष्ठ नागरिकको खानपान

प्रा.डा.गंगाप्रसाद खरेल,

जन्मदेखि मृत्युसम्म मानिसमा अनेक परिवर्तन आउँछन् ।  ती परिवर्तनस“गै खानाको रुचि र मात्रामा परिवर्तन आउँछ। अर्कोतिर उमेरस“गै पोषणको आवश्यकतामा फरक हुन्छ ।

उनीहरूलाई कस्तो खाना, कसरत र जीवनशैली अपनाए तन्दुरुस्त र दीर्घायु जीवन यापन गर्न सकिन्छ भन्ने जिज्ञासा जो कोहीलाई हुनु स्वाभाविक हो र हुनु पर्छ ।   यसै विषयलाई लिएर यस आलेखमा ६० वर्ष पार गरिसकेका ज्येष्ठ नागरिकलाई चाहिने खानाको व्यवस्थापन बारे चर्चा गरिएको छ ।

शारीरिक परिवर्तन
मानिसको जन्मदेखि मृत्युसम्म अविछिन्न परिवतर्न भरहन्छन तर ४० वर्ष उता देखिने बुढ्यौलीका लक्षण ६० वर्षमा पुग्दा स्पष्ट महसुस गर्न सकिन्छ ।  बुढ्यौलीस“गै मांसपेशीको मात्रा र क्षमता दुवै कमजोर हु“दै जान्छ र शरीरमा बोसोको मात्रा बढेर शरीरको बीच भाग (पेट) तिर एकत्रित हुन थाल्दछ ।

हड्डी झिनो र छिद्रमय भएर कमजोर हुने, छाला चाउरीने, छालामा टाटा आउने, केश झर्ने फुल्ने, आ“खा मधुरो हुने, कान कम सुन्ने, छिटै थाक्ने जस्ता अनेक लक्षण देखापर्न थाल्दछन् ।  साथै, आन्तरिक अङ्गको कार्य क्षमतामा क्रमशः कमी आउँछ ।  यी बुढ्यौलीका संकेतलाई उचित खानपान र जीवनशैलीले रोक्न नसके पनि केही सावधानी भने अपनाउन सकिन्छ ।

भिटामिन र लवणको कमी
साधारणतया वृद्ध मानिसमा खानाको रुचि र मात्रा दुवै घट्ने भएकाले उनीहरूको खानामा विशेष ध्यान दिनुपर्छ ।  उनीहरूमा फलपूmल र तरकारीमा पाइने भिटामिन, लवण एवं वनस्पति प्रदत्त यौगिक (फाइटोकेमिकल) हरूको कमीका कारणले शरीरको प्रतिरक्षात्मक क्षमता घटछ ।

फलफूल र तरकारीको मात्रा कम खाने, घाममा कम हिँडडुल गर्ने र शाकाहारी जीवनशैली अपनाउने व्यक्तिमा भिटामिन सी, डी, इ र बी–१२, फोलिक एसिड जस्ता भिटामिनहरू कमी तथा फलफूल एवं ताजा तरकारीमा पाइने अन्य लाभदायी यौगिकको कमी हुने भएकाले खानास“ग सम्बन्ध राख्ने अनेक रोगहरूको जोखिम बढ्छ ।  साकाहारीमा भिटामिन बी–१२ र घरभित्र धेरै बस्ने मानिसमा भिटामिन डीको कमी हुने सम्भावना हुन्छ ।  साथै क्याल्सियम, आइरन, जिन्क जस्ता लवणको कमी हुन थाल्दछ ।  क्याल्सियम र भिटामिन डी को कमीले हड्डी झिनो र खोक्रो हुनगई सानोतिनो ठक्कर लाग्दा पनि सजिलै चर्कने वा भा“चिने हुन्छ ।  यही कारणले खासगरी महिलाहरूको ढाड भा“चिएर कष्टपूर्ण जीवन यापन गरिरहेको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

शरीर विजलन हुनु
वृद्ध मानिसको शरीरमा पानीको मात्रा न्यून भएर विजलन (डिहाइड्रेसन) हुने समस्या प्रायः सबैलाई हुन्छ ।  उनीहरूमा तिर्खा कम महसुस हुने भएकाले पानी पिउन मन गर्दैनन् ।  पिसाप फेर्न झन्झटिलो भएकाले बेलुका सुत्ने बेलामा, कतै हिँड्ने वा यात्रा गर्दा पानी कम पिउने वा एकदमै नपिउने बानी हुन्छ  ।  फलफूलको रस पनि अमिलो वा चिसो हुने बाहानाले पिउन मान्दैनन् ।  एकातिर शरीरमा पानीको अभावले कब्जियत हुन्छ भने अर्कोतिर अरुचि हुने, टाउको दुख्ने जस्ता समस्या देखा पर्न थाल्दछ ।
बुढेसकालमा पनि वयष्क मानिस जत्तिकै पानी पिउनु पर्छ ।  प्राकृतिक शुद्ध पानी वा ताजा फलपूmलको रस, पानी धेरै हुने फलपूmल, ग्रिन टि, हर्बल टि आदि पिउँदा पनि पानीको सहजै आपूर्ति गर्न सकिन्छ ।  जाडो मौसममा सागपात तथा च्याउको तातो सुप पिउनाले शरीरमा पानीको मात्रा पूर्ति गर्न सहज हुन्छ ।

पाचन क्षमतामा कमी
वृद्ध मानिसमा खाना पचाउने क्षमतामा क्रमशः ह्रास हु“दै जाने भएकाले उनीहरूलाई भोक कम लाग्न थाल्दछ ।  मुखमा ¥याल कम उत्पादन हुने भएकाले मुख सुख्खा हुन्छ ।  दा“तको समस्याले गर्दा उनीहरू राम्ररी चपाएर खाना खान सक्दैनन् ।  पेटमा ग्यास्टिक रस उत्पादनमा कमी आउ“छ ।

औषधि सेवन गरिरहेका वृद्धहरूमा औषधिको प्रभावले पाचन शक्ति अभैm कमजोर हुन्छ ।  उनीहरू खानाको स्वादै परिवर्तन भएको महसुस गर्छन् ।  आन्द्राको प्राकृतिक चाल र लचकपन कम हुन्छ र खाएको खाना छिटै बाहिर निस्काशन हुन सक्दैन, फलस्वरूप कब्जियत हुने र आन्द्रामा घाउ (अल्सर) भई क्यान्सरसम्मको जोखिम हुन्छ ।  उनीहरूको दा“त कमजोर वा फुक्लिसकेकाले खानालाई राम्ररी चपाएर खाने क्षमता घटछ, जसको कारणले पनि खाना पचाउन कठिन पर्छ ।

वृद्ध मानिसको खानाको रेखदेख
वृद्ध मानिसमा धेरै किसिमका शारीरिक, जीव–रसायनिक एवं मानसिक परिवर्तन आउने भएकाले यी परिवर्तनलाई उपयुक्त हुने खालका खाद्यवस्तु चयन गर्नु सक्नु पर्छ ।  यसै बेलादेखि शरीरको प्रतिरक्षात्मक क्षमतामा क्रमशः ह्रास हु“दै जाने हुनाले मधुमेह, थाइराइड, बाथ, ग्यास्टिक, उच्चरक्तचाप, क्यान्सर जस्ता नसर्ने रोगको जोखिम बढदै जान्छ ।  यी यावत कुरालाई समेत ध्यानमा राखेर खानाको व्यवस्थापन गर्नु पर्दछ ।

नेपाल जस्तो देशमा खानेकुरा खाने चलन र खाना सम्बन्धी सामाजिक गलत अवधारणले वृद्ध मानिसको पोषणमा नकारात्मक भूमिका खेलेको छ ।  वृद्ध मानिसको स्वाद लिने जिब्रोका ग्रन्थीहरू असंवेदनशील हु“दै जाने भएकाले खानाको स्वादमा परिवर्तनको महसुुस गर्दछन् ।  प्रायः उनीहरू गुलियो, चर्को, मसलेदार कडा स्वाद रुचाउन थाल्दछन् ।  दा“तको कारणले कडा खाद्यवस्तु खान सक्दैनन्, जुन पोषणमा प्रभाव मुख्य कारण हो ।  उनीहरू व्रत बढी बस्ने र जे पायो त्यही नखाने हु“दा शरीर क्रमशः कमजोर ह“ुदै जान्छ ।
वृद्ध मानिस कम शारीरिक परिश्रम गर्ने भएकाले दैनिक खानामा बढी शक्ति दिने खाद्यवस्तु जस्तै भात, रोटी, तेल वा बोसो वा सोयुक्त परिकार कम गर्नुपर्छ ।  तर प्रोटिन, भिटामिन र लवण अन्य तरुण मानिस सरह नै चाहिन्छ ।

शाकाहारी वा भेगान व्यक्तिका खानामा दाल, गेडागुडी वा अङ्कुरित गेडागुडीलाई प्रोटिनको मुख्य स्रोत मान्न सकिन्छ ।  यसको अतिरिक्त मांसाहारीमा माछा, सेतो मासु, अण्डाको सेतो भाग इत्यादि समावेश गर्न सकिन्छ ।  कम बोसोयुक्त दूध पिउनु राम्रो हो ।  खाना सहजै पच्ने, नरम र थोरथोर गरी धेरै पटक खानु उत्तम हुन्छ ।  यात्रा वा घर बाहिर निस्कने अवस्थामा पनि उपयुक्त खाना र पानी घरैबाट जोहो गरेर हि“डनु वेश हुन्छ ।  दिनानुदिन खाने खानामा कम्तीमा २, ३ प्रकारमा रङ्गीविरङ्गी मौसम अनुसारका फलपूmल समावेश गर्नुपर्छ ।

फलाममा खिया लागे जस्तै बुढेसकालमा हाम्रो शरीरका कोषमा पनि अक्सिडेशन हुने भएकाले खानामा भिटामिन सी,ए,इ, एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल धेरै भएका खाना खासगरी ताजा रङ्गीन फलपूmल, नपकाएका वा कम पकाएका तरकारी प्रशस्त सेवन गर्नुपर्छ ।  म“हगा फलपूmलै किनेर खानुपर्छ भन्ने छैन, मौसम अनुसारका खाए पुग्छ ।  चपाएर खान नसक्ने अवस्थामा ससाना टुक्रा वा जुस बनाए खान सकिन्छ ।  केरा, मेवा जस्ता नरम र खान सजिला खाद्यवस्तु चयन गर्नुपर्छ ।  प्रशोधित खाद्यवस्तुमा परिरक्षी (प्रिजरभेटिभ), कृतिम रङ्ग, बढी चिनी वा नुन तथा अन्य रसायन हालेर आकर्षक बनाएका हुनाले त्यस्ता खाद्यवस्तु सीमित गर्नु नै राम्रो हुन्छ ।  बिरामी वा औषधि सेवन गरी रहेका व्यक्तिले डाक्टर वा पोषणविज्ञको सल्लाह बमोजिम खाद्यसूची तयार गरी भोजन गर्नुपर्छ । गोरखापत्रबाट साभार गरेका हौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here