ज्यामिरेमा जिप दुर्घटना एकको मृत्यु, ६ घाइते

पाल्पा, १७ असोज–  पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा गएराति दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन् । घाइतेहरुको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here