एजेन्सी, २७ चैत–बलिउड अभिनेता ज्याकी श्राफकी छोरी कृष्णाको चर्चा चल्थ्यो, उनी ग्ल्यामर दुनियाँबाट टाढै रहन रुचाउँछिन् । तर, अब यस्तो चर्चा भंग भएको छ ।
कृष्णा स्वयंले इन्स्टाग्राममा फोटो सेयर गरेर आफ्नो ग्ल्यामर प्रदर्शन गरेकी छिन् । रातो बिकिनीमा बोल्ड सिन दिएकी कृष्णाले फोटो क्याप्सन लेखेकी छिन्, ‘सन्स आउड, बन्स आउड ।’
सामाजिक सञ्जालमा सक्रिय कृष्णा टपलेस फोटोसुटमा साथीसँगै देखिन्छिन् । खबर आइरहेका थिए, उनलाई विभिन्न फिल्मबाट अफर पनि आएका हुन्, तर अभिनयमा इच्छा नभएको भन्दै पन्छिइन् ।
ज्याकीका छोरा टाइगर विभिन्न फिल्ममा सक्रिय रहेका वेला कृष्णा भने कोठैमा सीमित भएर पछाडि परेको बलिउडमा चर्चा हुँदै आएको छ ।
तर, उनले पछिल्लो फोटोसुटबाट आफ्नो सक्रियता देखाएकी छिन् । किनभने, उनले टपलेस फोटोसुट एउटा डकुमेन्ट्रीका लागि खिचाएकी हुन् । ‘विपरीतलिंगी समुदाय’मा आधारित उक्त डकुमेन्ट्रीको निर्देशन कृष्णाले नै गरिरहेकी छिन् ।

