जैविक प्रविधि सम्मेलन धुलिखेलमा

काठमाडौं,५ फागुन– जीव विज्ञान तथा जैविक प्रविधिसम्बन्धि अन्तरराष्ट्रिय सम्मेलन आजदेखि धुलिखेलमा शुरु हुँदैछ । ३ दिन सम्म चल्ने सम्मेलनमा फिनल्याण्ड, डेनमार्क, जर्मनी, स्वीडेन र भारत लगायतका मुलुकबाट आएका बैज्ञानिकहरुले विभिन्न १७ वटा शिर्षकमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलन नेपालमा बायो–बैंकिङको महत्व र ट्रान्स–नेसनल मेडिसिन अनुसन्धानबारे केन्द्रित हुने बताइएको छ ।

नेपालमै पहिलो बायो बैंक स्थापनाका लागि सहभागी प्रतिनिधिले योजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक समितिका सदस्य प्रज्वल राजभण्डारीले जानकारी दिनुभयो । बायो बैंकले महत्वपूर्ण मानव रक्त कोष ता अन्य अंगहरुको नमूना संकलन गरी अनुसन्धानको लागि वितरण गर्ने गर्छ । यसबाट मानव शरीरको उमेर, रोग तथा वृद्धि विकासमा सहयोग पुग्ने विश्वास लिइएको राजभण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here