कञ्चनपुर,३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एउटा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
से१त ७३३ नम्बरको जेसिबीले मे१ह ७६३ नम्बरको अटोरिक्सालाई आज बिहान ठक्कर दिँदा अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै जेसिबी चालक फरार भएका छन् । प्रहरीका अनुसार उनको खोजी भइरहेको छ ।

