जेठ ९ देखि आन्दोलन गर्ने डा.केसीको चेतावनी

काठमाडौं, ३० बैशाख– वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले जेठ ९ गतेसम्म आफ्नो तीनबुँदे माग पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

केसीले आफूले यसअघि दिएका सबै सुझाव समेटेर एकीकृत चिकित्सा शिक्षा विधेयक संसदबाट तुरुन्त पारित गर्नुपर्ने, गत दशौं सत्याग्रहमा गरिएका सम्झौता कार्यान्वयन गर्नुका साथै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त फिर्ता गर्न माग अघि सार्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

संसदमा छलफलमा रहेको विधेयकमा माथेमा प्रतिवेदनका जनता र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बनाई पारित गर्ने षड्यन्त्र भइरहेको उनको आरोप छ । आजको कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here