काठमाडौं,१३ जेठ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । आर्थिक वर्ष २०७६र०७७ को बजेट प्रस्तुत गर्नका लागि संघीय संसदको संयुक्त बैठक १५ गते ४ बजे बस्ने भएको हो ।
बैठकमा अर्थमन्त्री डा।युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्नेछन् । त्यस्तै, सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जनाइएको छ ।

