जीपको ठक्करबाट एकको मृत्यु

दाङ, ९ चैत: तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कँर दिँदा एक जनाको मृत्यु    भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक दङ्गिशरण गाउँपालिका–६ का ३३ वर्षीय गोरख चौधरी रहेका छन् । चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here