सोलुखुम्बु,१ बैशाख । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशनपछि खुम्बु क्षेत्रमा होटल एसोसियशनले शुल्क नउठाउने भएको छ । केही समयदेखि खुम्बु होटल एसोसियशनले कोठा भाडा बापत पर्यटकहरुसँग लिदै आएको शुल्क जिल्ला प्रसाशनको निर्देशन पछि होटल आफैले लिने भएको हो ।
होटल व्यवसायीहरुको आग्रहमा होटल एशोसियसनले उठाएको दाबी गर्ने एशोसियसनले अबदेखि शुल्क नलिन गाउँपालिकाले सर्कुलर जारी गरिसकिएको खुम्बु-पासाङल्हामु गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पाले बताउनुुभयो ।
उहाँका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नको लागि एसोसियशन खडा गरी कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पूर्ण व्यवसायी जम्मा भएर बराबर विभाजन गर्ने गरिएको थियो ।
खुम्बुमा पर्यटकलाई आकर्षित गर्न होटलवालाहरुले कोठाको भाडा नलिने भन्दै खानाको मूल्य बढी लग्ने गरेको भन्दै एसोसियशनले यस्तो नियम लागू गरेको थियो । एसोसियशन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा नै दर्ता भएको भए पनि गाउँपालिकाले शुल्क लिने–नलिने विषयमा कुनै पनि अनुमति नदिएको अध्यक्ष शेर्पाको दाबी छ । तर होटल एसोसियशनको विधानमा भने यस्ता कुनै पनि शुल्क लिने विषयमा स्पष्ट उल्लेख भएको छैन ।

