जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय विरुद्ध रिट

संखुवासभा,२६ चैत ।  जिल्ला प्रशासन कार्यालय संखुवासभा र जिल्ला प्रहरी कार्यालय संखुवासभा विरुद्ध उच्च अदालत विराटनगरको धनकुटा इजलासमा रिट निवेदन दर्ता भएको छ । शक्ति पिक म्युजिक फेस्टिवल प्रा.ली काठमाडौँले संखुवासभाको मादी नगरपालिका क्षेत्रमा ९ रोकेडाडाँ तिनजुरे मिल्के जलजले क्षेत्रमा आयोजना गरेको अन्र्तराष्ट्रिय संगित महोत्सव रोकेको भन्दै रिट दर्ता गराएका छन् ।
आयोजक शक्ति पिक म्युजिकको तर्फबाट खोटाङ दिक्तेल नगरपालिका ७ का शुभाष केसी र धनकुटा नगरपालिका वडा नं ६ का मान प्रकास खड्काले रिट दर्ता गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा विदेशी पाहुनाहरु नेपाल आइसकेको र यो अवस्थामा लाखौँ खर्च भईसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले कार्यक्रम नगर्नको लागि गरेको आदेश नेपालको संविधानको धारा १८, २५, ३० ३२ मुलुकी देवानी संहिता ऐन २०७४ को दफा १७, १८,२०(क)(ख)(घ) मा भएको कानुनी व्यवस्था विपरित भएको उल्लेख गरिएको छ ।
रिटमा भनिएको छ जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारीले कसैको बहकाईमा लागि यो संस्थाको गतिविधिको बारेमा गम्भीर आरोप लगाउनु भन्दा एक पटक सुनुवाईको मौका समेत नदिई लगाइएको आरोप गैर कानुनी, आधारहिन छ, यो संस्थाले लागु पर्दाथको कारोबार गर्ने र अश्लिल गतिविधि गर्नका लागि कम्पनि रजिष्टारको कार्यालयमा दर्ता नभएको उल्लेख छ । उच्च अदाल धनकुटामा परेको रिटको बारेमा आफुलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी गणेश वहादुर अधिकारीले बताउनुभयो । यदि रिट जारी भएर कुनै जानकारी आएमा कानुनी जवाफ दिने तयार रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here