जिल्ला निर्वाचन कार्यालय बाँकेले चौथो निर्वाचन दिवस २०७६ गर्यो सम्पन्न

खबरै खबर संबाददाता
फाल्गुन ७ बुधबार

लोकतान्त्रिक प्रणालीमा निर्वाचन लाई मितब्ययी बनाउने निर्वाचन आयोगले जनाएको छ।”स्वच्छ स्वतन्त्र ,निष्पक्ष ,बिश्वसनिय , मितब्ययी निर्वाचन ,शान्ती ,स्थिरता ,समृद्धि र सुशासन “नारा राखेर निर्वाचनमा सरोकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया जिल्ला समन्वय कार्यालय बाँकेको सभा हलमा कार्यक्रम जिल्ला निर्वाचन कार्यालयले गरेको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेले चौथो निर्वाचन दिवस २०७६ सम्पन्न गरेको छ।नेपालमा २०१५ सालमा पहिलो संसदिय निर्वाचन प्रारम्भ भएको हो। नेपालमा पहिलो पटक मताधिकार प्रयोग गरेको ऎतिहासिक दिन अर्थात फाल्गुन ७ गतेलाई ऎतिहासिक महत्वको दिनको सम्झनामा र समग्रमा लोकतान्त्रलाई सम्मान गर्न निर्वाचन आयोगले २०७२साल देखि प्रत्येक बर्ष फाल्गुन ७ गतेको दिनलाई निर्वाचन दिवसको रुपमा बिभिन्न कार्यक्रम गरि मुलुकभर मनाउदै आएको बाँके जिल्ला निर्वाचन कार्यालय का निर्वाचन अधिकृत खुम प्रसाद सुबेदि ले जानकारी दिनु भयो।
निर्वाचन दिवस २०७६ फाल्गुन १ गते देखि ८ गते सम्म चौथो निर्वाचन दिवस २०७६ तथा मतदाता दर्ता सप्ताह को ब्यानर सहित मतदाता दर्ता कार्यक्रम सञ्चालन भइरहेको छ। फाल्गुन ६ गते सामुदायिक माघ्यामिक विद्यालय अन्तरगत सरस्वती माध्यमिक विद्यालय नेपालगन्जमा ” निर्वाचन र लोकतन्त्र “बिषयमा वक्तित्वकला प्रतियोगिता सञ्चालन भएको हो।विद्यालय परिसरमा सरसफाइ र बृक्षरोपण साथै ६,७,८गते कार्यालय मा दिपावली गर्ने निर्वाचन कार्यालय ले जानकारी दिएको छ ।उक्त कार्यक्रममा समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा उपस्वास्थ्य प्रमुख वेद प्रसाद आचार्य ले खर्च लाई मिन्तबिय अपनाउनु पर्ने बतानुभयो।चुनाव पैंसा को भरमा जित्ने नभई जनताको स्वस्थ मत का आधारमा जित्नु पर्ने सुझाव राख्नू भयो। अन्तरक्रियाको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र अतिथी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एस.पि.)वीर बहादुर वलि लगाएत का विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो । सो कार्यक्रम को सहजीकरण निर्वाचन आयोग का अधिकृत श्री खुम प्रसाद सुवेदी ले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here