जिल्ला अस्पताल कालिकोटमा एन्टी रेबिज सुईको अभाव,क्लिनिकबाट चर्को शुल्कमा किन्न बाध्य

साधना शाही
कालिकोट,१४ असार । कालिकोटको जिल्ला अस्पतालमा रेबिजविरूद्धको सुईको अभाव भएको छ । कुकुर तथा अन्य जनावरले टोकेका बिरामीलाई लगाइने रेबिजविरूद्धको एन्टी सुईको अभाव भएपछि बिरामीहरूले निजी क्लिनिकमा पुगेर चर्को शुल्क तिरेर सुई किन्नु परेकोे गुनासो गरेका छन् । रेबिजविरूद्धको सुई जिल्लामा अभाव भएपछि बिरामीहरू मर्कामा परेका हुन् ।

सरकारले स्वास्थ्य संस्थामार्फत रेबिजविरूद्धको सुई निशुल्क रूपमा उपलव्ध गराउँदै आएको छ । सान्नि त्रिवेणी गाउँपालिका वडा नं ४ का गणेश बहादुर शाहीले आफू रेबिजविरूद्धको सुई लगाउन जिल्ला अस्पताल पुगेको भएपनि सुईको अभाव रहेको जानकारी पाएपछि अन्यत्र जानु परेको बताउनुभयो ।
जिल्ला अस्पतालबाट रेबिजविरूद्धको सुई निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि केहीदिन देखि अभाव भएको जिल्ला अस्पताल कार्यालय कालिकोटले जनाएको छ । प्रत्येक महिना जिल्लामा १० देखि १५ जनासम्म बिरामीहरू रेबिजविरूद्धको सुई लगाउन आउने गरेकोमा सुई अभाव हुँदा बिरामीहरू रित्तो हात फर्कन बाध्य भएको जिल्ला अस्पतालका खोप सुपरभाईजर मुकेश कुवरले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल कालिकोटले क्षेत्र तथा केन्द्रमा औषधिको माग पठाई सकेको खोप व्यवस्थापन हेमराज बमले बताउनुभयो । उहाँले मासिक ५० भाइल औषधि जिल्ला अस्पतालमा आउने भएपनि विरामीको चाप बढ्ेर छिटै नै सकिने गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here