जिप दुर्घटनामा वडाध्यक्षसहित दुईको ज्यान गयो

बाजुरा, १३ असार । त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला रहेका छन् । महिलाको नाम खुलेको छैन् ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here