जापानी उप–विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं,२० मंसिर– जापानका संसदीय उप–विदेशमन्त्री इवाओ होरी चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै आज दिउँसो नेपाल आउन लागेका हुन् ।
नेपालकालागी जापानी राजदूतावासद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार होरीको टोलीले दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ ।

त्यसअघि टोलीले प्रमुख निर्वाचन आयूक्त अयोधिप्रसाद यादवलाई भेट्नेछ । भोली चुनावका दिन विभिन्न मतदान केन्द्रहरुमा पुगेर टोलीले पर्यवेक्षण गर्ने जापानी राजदूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here