जापानमा ५ वटा मैत्रीपूर्ण खेल्ने तय

एजेन्सी– नेपाली राष्ट्रिय फुटबल टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एएफसी एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यस पटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको हो ।

एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैैछ ।

साउन २९ देखि भदौ ३ गते सम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनु भयो । अहिले प्रशिक्षणमा रहेका २९ मध्ये २४ खेलाडी जापान यात्रामा जानेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here