एजेन्सीःजापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । अझै धेरै भन्दा बढी मानिस हराइरहेका छन् ।
७० हजार भन्दा बढी उद्धारकर्मीहरुले माटो र भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । नदीहरुमा पानीको सतह बढेपछि २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएका छ । गत बिहिवार यता पश्चिमी जापानमा परेको पानी पूरै जुलाई महिनामा पर्ने पानी भन्दा पनि तिन गुणा बढी परेको छ ।

