जापानमा टीबीआईले एकैपटक थप्यो १४० रेष्टुराँ

web

काठमाडौं, १९ बैशाख– टीबीआई समूहले जापानमा एकैपटक १४० रेष्टुराँ खरिद गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं व्यवसायी भवन भट्टले जापानमा सुरु गरेको रेष्टुराँ व्यवसायलाई एकैपटक दोब्बर बनाएका हुन् ।

टीबीआईका अध्यक्ष भट्टले एक दशक अघिदेखि जापानमा सानो व्यवसायका रूपमा सेवा क्षेत्रमा लगानी सुरु गरेका थिए । भट्टले आफ्नो रेष्टुराँ व्यवसायलाई पब्लिक लिमिटेड बनाएका छन् । जापानमा लगानी गर्ने विदेशी लगानीकर्तामध्ये नेपालीको यो लगानीलाई ठूलो मानिएको छ ।

जापानमा रेष्टुराँ व्यवसायमा ख्याति कमाएका भट्टले १ सय ४० नयाँ रेष्टुराँ थप गर्दै जापानमा नेपालीको लगानीलाई उचाइमा पु¥याएका हुन् । भट्टले गत महिना रेष्टुराँ थप गरी २ सय ७० पु¥याएका छन् ।

नयाँ रेष्टुराँहरू खरिद गर्नुअघि १ सय ५० रेष्टुराँ सञ्चालनमा रहेकोमा वित्तीय अवस्था कमजोर भएका कारण २० रेष्टुराँ बन्द भएका थिए । भट्टले जापानका प्रमुख सहरमा आफ्नो एकछत्र व्यवसाय जमाउँदै नयाँ १ सय ४० रेष्टुराँ थप गर्न सफल भएका हुन् । टीबीआई होल्डिङ्स अन्तर्गतको होरी फुड होल्डिङ्स कम्पनीअन्तर्गत २ सय ७० रेष्टुराँ सञ्चालन हुने जनाइएको छ । होरी फुड होल्डिङ्स हालै जापानमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको कम्पनी हो ।

यसअघि रेष्टुराँतर्पm मात्र २२ अर्ब जापानी येनको कारोबार गदै आएको टीबीआई होल्डिङ्सले नयाँ संख्या थपिएसँगै अब ३० अर्बको कारोबार गर्ने भट्टको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here