जानकी मेडिकल कलेज कर्मचारीको आन्दोलित

काठमाडौं,२७ बैशाख । जनकपुरस्थीति जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालका असन्तुष्ट कर्मचारीहरुकको आन्दोललनका कारण आज ओपीडी सेवा ठप्प भएको छ । कलेज व्यवस्थापन पक्षले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको विरोधमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि १२ बजे सम्म सेवा ठप्प पारेका हुन् । कर्मचारीहरुले हिजो अस्पतालको ओपीडी सेवा एक घण्टा ठप्प गरेका थिए ।

कर्मचारीको आन्दोलनले जानकी मेडिकल कलेज शिक्षण अस्पतालको साथै जनकपुरको ब्रह्मपुरीमा शाखा अस्पतालको रुपमा रहेको सीटी अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

समयमा तलबभत्ता नदिँदा १० महिना अघि कर्मचारीको आन्दोलनले धारासायी भएको मेडिकल कलेजल अवस्था व्यवस्थापन पक्षले विभिन्न सहमति सम्झौता गरेपछि समान्य रुपमा सञ्चालन हुँदै आएको थियो । तर विगतमा कलेज संचालकलले आफूहरुसँग गरेको सहमति सम्झौता कार्यान्वयन नगरेको कर्मचारीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here