जाजरकोटमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो (अपडेट)

जाजरकोट,२० साउनःअविरल वर्षपछि आएको पहिरोका कारण जाजरकोटको भेरी नगरपालिका ३, ठाँटीबजारमा ९ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एक महिला र ८ बालबालिकाको मृत्यु भएको हो ।

सो पहिरोमा परेर एक जना घाईते भएका छन् । एक सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय तीर्थराज बोहरा र जीतबहादुर सुनारको घर पुरिंदा उनीहरुको मृत्यु भएको हो ।

शनिवार रातिको लगातारको बर्षातपछि पहिरोमा पुरिएर घरमुली तीर्थ राज बोहराकी छोरी ५ बर्षीय नजिता बोहरा, उक्त घरमा डेरा गरी बस्ने भेरी नगरपालिका ६, गंगटीयाका लालबहादुर लुहारकी २५ बर्षीय श्रीमति सितल, उनकै छोरीहरु ९ बर्षीय भगवती, ६ बर्षीय रञ्जना र ३ बर्षीय मनिसाको मृत्यु भएको हो ।

त्यस्तै पहिरोमा पर्दा जीतबहादुरको घरमा डेरा गरी बस्ने कुशे ५, खुर्पाका प्रेमबहादुर परियारका १२ वर्षीया छोरा नरेन्द्र, कुशे ६ भार्मका कृष्णबहादुर परियारका १० वर्षीय छोरा नविन, नलगाड नगरपालिका ३ करुवाका जीतबहादुर परियारका ५ वर्षीय छोरा दशरथ र १२ वर्षीय छोरा गोविन्दको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here