जागरण अभियानमा खटिएका प्रतिनिधीलाई किन बोलाए सभापति देउवाले ?

काठमाडौं,११ असार ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधीहरुसंग छलफल गर्नुहुने भएको छ । दिउँसो हुने छलफलमा सभापति देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलकालागि आह्वान गर्नूभएको हो ।

देउवाले ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिसँग जागरण अभियान, काँग्रेसको रणनीति र वर्तमान राजनीतिक अवस्था विषयमा छलफल गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले जनजागरण अभियानप्रति असन्तुष्टि जनाउँदै आइरहेका समयमा अभियानका बारेमा देउवाले छलफल गर्नुलाई पार्टीमा महत्वका साथ हेरिएको छ ।

आजको छलफल पछि २२ असारका बस्ने पार्टीको केन्द्रीय बैठकमा थप रणनिति पेस गर्ने बुझीएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भएको विवादपछि करिब तीन महिना यता कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । तर सभापति देउवा दिनहुँ भेटघाटमा व्यस्त हुने गरेको नेताहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here