जहाज अवतरण नभएपछि प्रधानमन्त्री ओली बाँकेमै

काठमाडौं,३ बैशाख । मौसममा आएको खराबीका कारण प्रधानमन्त्री केपी शर्मा ओली आज नेपालगञ्जमै बस्नुभएको छ ।काठमाडौंबाट नेपालगञ्जका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्जको मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएपछि प्रधानमन्त्रीको बास नेपालगञ्जमा नै भएको हो।

त्रिभूवन विमानस्थल कार्यकालयका प्रमुख राजकुमार क्षेत्रीले मौसममा खराबी आएकाले नेपालगञ्जका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली नेपालगञ्जस्थित नेपाली सेनाको ब्यारेकमा बस्ने तय भएको स्रोतले जानकारी दिएको छ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि मंगलबार नेपालगञ्ज हुँदै प्रधानमन्त्री ओली सुर्खेत पुग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here