काठमाडौं, १५ बैशाख– नेपालका नदीबाट ८३ हजार मेगावाटसम्म बिजुली निकाल्न सकिन्छ । यो तथ्य सुन्दै र पढ्दै आएको आधा शताव्दी नाघेको छ ।
तर, यो तथ्य कसले पत्ता लगायो भन्ने धेरैलाई थाहा नहुन सक्छ । जसले यो तथ्य पत्ता लगाएका थिए, उनको बिहिबार ८४ बर्षको उमेरमा निधन भयो । उनी थिए हरिमान श्रेष्ठ ।
जलविद्युत लगानीकर्ता तथा विज्ञले श्रेष्ठलाई नेपालको जलविद्युत क्षेत्रमा अमेरिका पत्तान लगाउने कोलम्बस र सगरमाथा शिखरमा पहिलो मानव पाइदा पुर्याउने एडमन्ड हिलारी तथा तेन्जिङनोर्गे शेर्पा सहरो उपमा दिने गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

