जर्जियामा भएको गोली काण्डमा चारको मृत्यु

वासिङ्टन, ११ माघ। अमेरिकाको जर्जिया राज्यमा बिहीबार साँझ भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

पोल्क काउन्टीको रकमार्टका छुट्टाछुट्टै दुई स्थानमा यो गोलीकाण्ड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

जर्जिय राज्यको प्रान्तीय राजधानी एट्लान्टाबाट ७० किलोमिटर उत्तरपश्चिममा सो गोलीकाण्ड भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here