काठमाडौं,२६ चैत– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज बिहान कलाकार मदन श्रेष्ठलाई उहाँकै निवास सुनाकोठी पुगेर भेट गर्नुभएको छ । पत्नी वियोगमा रहनुभएका श्रेष्ठलाई उहाँकै निवासमा पुरेर समवेदना दिनुभएको हो ।
मन्त्री पण्डितले शोकमा परेका श्रेष्ठ परिवारसँग केही समय कुराकानी गर्नुभएको थियो । मन्त्री पण्डित श्रीमतीसहित कलाकार श्रेष्ठलाई भेट्न पुगेका पुग्नुभएको थियो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ यतिखेर पत्नी शोकमा छन् । श्रेष्ठ धर्मपत्नी यशोदा सुवेदीको आठ दिनअघि निधन भएको थियो । अहिले कलाकार श्रेष्ठलाई समवेदना दिन विभिन्न क्षेत्रका व्यक्तित्व, शुभचिन्तक, आफन्त उनको निवास पुग्ने क्रम जारी छ ।

