जबर्जस्ती करणी गर्ने भारतीय पक्राउ

जनकपुर,६ फागुन । जनकपुरमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम १२ रामस्वरुप टोल बस्ने १० बर्षीया बालिकालाई जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भएका ५० वर्षका सञ्जय ठाकुरलाई पक्राउ गरिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधाम ४ मा बस्दै आएका ठाकुरले घर पु¥याइदिन्छु भन्दै ती बालिकालाई रामसागर बहुमुखी क्याम्पस अगाडि करणी गर्न खोजेका थिए । यस्तै महोत्तरी सदरमुकाम जलेश्ववर ४ स्थित मुसहर टोलबाट निलगाई मारेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १५ वर्षका सरफराज अन्सारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here