जबर्जस्ती करणीको प्रयासमा दुई जना पक्राउ

नुवाकोट, ३० साउन: एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा काठमाडौँ, तारकेश्वर नगरपालिका–१० का ४० वर्षीय सुनीलचन्द्र प्रधान र भक्तपुर नगरपालिका–१४ का ३३ वर्षीय महादेवजंग राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

होटेल व्यवसायमा संलग्न महिलालाई मदिरा र खाजा खान आएको समयमा तिनले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

मदिरा र खाजा खाइरहेका बेलामा भान्छाकोठामा आई जबर्जस्ती करणीको प्रयास गरेको पीडितले प्रहरीको दर्ता गरेको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here