जनशक्तिकै अभावमा काम गर्न समस्याः मन्त्री बलायर

काठमाडौं, २५ भदौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले दक्ष जनशक्तिको अभावमा सडक र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नसकिएको स्पष्टिकरण दिनु भएको छ ।

मन्त्री बलायरले जनशक्तिकै अभावमा भौतिक तथा पूर्वाधार मन्त्रालय समस्यै समस्यामा जकडिएको पनि स्पष्ट पार्नु भयो ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आजको बैठकमा बोल्दै उहाँले जनशक्तिकै अभावमा १५ दिन भित्र काठमाडांै उपत्यकाको सडको खाल्डो पुर्न प्रधानमन्त्री देउवाले दिनु भएको निर्देशन पालना गराउन समेत नसकिएको स्वीकार गर्नुभयो ।

मन्त्री बलायरले दक्ष जनशक्ति व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालयलाई आफूले बारम्बार आग्रह गरेपनि सुनुवाई नभएको गुनासो पनि गर्नु भयो ।

मन्त्री बलायरले मन्त्रालय मातहतका सडकको तथ्यांक संकलन गर्दै त्यसको स्मरोन्नतिको कामलाई अघि बढाउन आफूले सडक विभागलाई निर्देशन दिएको पनि जानकारी दिनु भयो ।

उहाँले सहरी विकास मन्त्रालय र स्थानीय निकाय मातहतका सडक निर्माणको कामका ढिलाई हुँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि दोष थोपर्ने काम नगर्न पनि सबैमा आग्रह गर्नु भयो ।

मन्त्री बलायरले सरकार पूर्वाधार निर्माणको कामलाई सहज ढंगले अघि बढाउन लागि परेको पनि स्मरण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here