जनमत संग्रह कानुन विपरित भएको स्पेनी राजा

स्पेनी राजाले क्याटलोनियामा भएको जनमत सङग्रह कानुन विपरित भएको प्रतिक्रिया दिनुभएको छ । राजा फिलिप छैटौंले देश अत्यन्त गम्भीर अवस्थामा रहेकाले एकताको आवश्यकता रहेको समेत बताउनुभएको छ ।

क्याटलोनियाका प्रमुख नेताले स्वतन्त्रता घोषणा गर्ने तयारी गरिरहँदा राजाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । उता क्याटलोन नेता कार्लस प्युडेमोन्टले आगामी साता देखि आफ्नो सरकारले काम सुरु गर्ने बताउनुभएको छ ।

जनमत सङग्रहका दिन प्रहरीले गरेको हस्तक्षेपमा ९ सय भन्दा बढी घाईते भएको बिरोधमा क्याटलोन समर्थकले प्रदर्शन गर्दै आएका छन् । स्पेन सरकारले क्याटलोनियामा भएको जनमत सङग्रह संविधान विपरित रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here