जनप्रतिनिधि कर बढाउँदै विलासितामा लागेको भट्टराईको आरोप

काठमाडौँ, २६ साउन:नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका छन् ।

पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै तल्लो तहका जनप्रतिनिधिले शीर्ष नेताको देखासिकी गरेको आरोप लगाए।
‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासीताको सामान खरिदका लागि जुन हर्कत गरिरहेका छन्,’ उनले भने, ‘त्यो एकदमै गलत हो।,’ उनले कांग्रेस र कम्युनिस्टका कार्यकर्ताले जनप्रतिनिधिको रुपमा भ्रष्टचारजन्य हर्कत तल्लो तहसम्म बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here