जनप्रतिनिधिहरु कुनै मुद्दा र विवादमा अल्झिनु हुदैनः प्रधानमन्त्री 

काठमाडौं,१८ बैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ठाउँको विकासमा जुट्न झापाका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । उहाँले आफ्नो ठाउँको विकासको सम्भावनालाई अध्ययन गरेर गुरुयोजना निर्माणमा जुट्न स्थानीय तहलाई निर्देश गर्नुभयो । आज चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको हलमा जिल्ला सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको काममा विवाद नगर्न आग्रह गर्नुभयो ।

मुलुक निरर्थक बहस र विवादमा नअल्झि विकासको पथमा अघि बढेको दाबी गर्नुभयो । दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका ओलीले झापा उर्वर भूमि भएकोले विकास गर्न कुनै कठिनाई नरहेको टिप्पणी गर्नुभयो । जनप्रतिनिधिहरु कुनै मुद्दा र विवादमा अल्झिनु नहुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले झापाली भूमि पर्याप्त धान फल्ने, सिँचाइ सुविधायुक्त र उर्वर भएकोतर्फ जनप्रतिनिधिहरु सचेत रहनु पर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here