काठमाडौं,२५ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा बाहेक कुनै पनि पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न नसक्ने दावी गर्नुभएको छ ।
रौतहटको गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्षले तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट गर्दै वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको उल्लेख गर्नुभयो ।
प्रचण्डले चार वर्ष्भित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताउँदै तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि विश्वास दिलाउनुभयो ।
विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै मधेसी जनताको प्रशंसा गर्नुभयो । देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको उहाँको भनाई छ ।
तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको उल्लेख गर्नुभयो ।

