जनताको मायाले तान्यो

काठमाडौं,१६ कार्तिक– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनु भएको छ ।

उहाँले काठमाडों क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गरेपछि उहाँले आफू अत्यधिक मतका साथ निर्वाचनमा विजयी हुने दावी गर्नु भयो ।

नेता नेपालले काठमाडौंका जनताको माया, प्रेम र सदभावले तानेपछि आफूले रौतहट छोडेर काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको पनि स्पष्ट पार्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here