जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई अध्यक्ष दाहालको आग्रह

काठमाडौं,८ जेठः नेकपाका अध्यक्ष पु्ष्पकमल दाहालले जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउनुभएको छ । उहाँले जनताको पक्षमा केन्द्रीत हुन सांसदहरुलाई आग्रह समेत गर्नुभयो गर्नुभयो ।

काठमाडौंमा आयोजित एक कार्यक्तममा उहाँले करीब दुई तिहाइ प्राप्त वर्तमान सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्ने खालको बजेट तयार पार्ने र आर्थिक समृद्धिको दिशामा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नेबाहेक अरू कुनै छुट नरहेको भन्दै अधिकतम प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताको भावनालाई सम्बोधन गर्ने गरी प्रस्तुत हुन आग्रह गर्दै जनपक्षीय एजेण्डा स्थापित गर्ने दायित्वलाई समेत ख्याल गर्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here