जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिने: मुख्यमन्त्री गुरुङ

म्याग्दी, १३ माघ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ ।

स्थानीय मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ भन्नुभयो ।

‘‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृिद्ध गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’’ मुख्यमन्त्री गुरुङले भन्नुभयो।

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो ।

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here