जनकपुर उपमहानगरका मेयर साह भए यो बर्षका ’महामूर्ख’

काठमाडौं,६ चैत ।  जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई यस वर्षको ’महामूर्ख’ पदक दिइने भएको छ । प्रत्येक वर्ष होलीको अवसरमा मिथिला नाट्यकला परिषद्ले दिने यो महामूर्ख मान र सम्मान तोक्न मिनापले छुट्टै उपसमिति नै बनाउने गरेको छ ।
यस वर्ष महामुर्ख उपाधिका लागि सर्वाधिक चर्चामा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरका मेयर साह, नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको नाम अग्रपंक्तिमा थियो ।
परिषद्ले अहीेले केही बेरपछि जानकी मन्दिर प्रांगणमा कार्यक्रम गरी यो उपाधिबाट मेयर साहलाई सम्मान गर्ने जनाएको छ । यसका साथै दुई दर्जन व्यक्तिलाई विशेष पदवी दिइने पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here