जनकपुरधाम घुमेका भारतीय प्रधानमन्त्री मोदीले भनेःधेरै वर्षदेखिको इच्छा आज पूरा

महेन्द्रनगर, धनुषा, २८ वैशाख-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा आज पूरा भएको बताउनुभएको छ ।

नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा आज जनकपुर आउनुभएका प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा आफ्ना लागि यादगार’ रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आज मेरो न्यानो अभिवादन तथा स्वागतका लागि म नेपाल सरकार र जनकपुरवासी प्रति आभारी छु ।” उहाँले नेपाल र नेपाली जनताको प्रगति, समृद्धि र शान्तिका लागि भारतीय जनताका तर्फबाट शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here