छैंटौं पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख।  थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा  थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । बागश्रैष्ठले छैटौं पटक जिब्रो छेड्नु भएको हो ।  दश इन्च लामो सुइरोले जिब्रो छेडेर महादीप बोकी टोल टोल घुम्नुभएको थियो ।  टोल घुमेपछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोक्नुभएको थियो । परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here