काठमाडौं,२१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । २०६३ साल जेठ २१ गते अर्थात आजकै दिन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।
आज देशका ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको करिब १३ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले पनि विभेद हट्न सकेको छैन ।

