छाउपडी गोठमा बसे सेवासुविधा नदिने

NEPAL PHOTO ESSAY CHAUPADI TRADITION

मार्तडी, २४ माघ। पछिल्लो समयमा बाजुरा जिल्लामा छाउगोठ हटाउन विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेका छन् ।

एक महीना पहिले बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि छाउपडी गोठ भत्काउनाका साथै गोठमा आउने खतराका बारेमा अभिमुखीकरण कार्यक्रम हुन थालेका हुन् । जिल्लाको बडिमालिका नगरपालिका–८ रापकमा हिजो छाउपडी कुप्रथाका बारेमा स्थानीयवासीलाई जानकारी गराइएको छ ।

छाउपडी कुप्रथा भएकाले यसलाई अन्त्य गर्न स्थानीय महिला नै लाग्नुपर्नेमा सचेत गराइएको बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले बताउनुभयो ।

उहाँले छाउपडी कुप्रथाका कारण अकालमै महिलाले ज्यान गुमाउनुपर्ने, यौनहिंसामा पर्ने जस्ता कार्य हुने भएकाले छाउ भएका बेला गोठमा भन्दा घरभित्र राख्न स्थानीयवासीलाई आग्रह गरेको बताउनुभयो ।

छाउपडी प्रथा न्यूनीकरण अभिमुखीकरण कार्यक्रमका स्थानीयवासीले छाउ भएका बेला कोही पनि महिलालाई गोठमा नराख्ने प्रतिबद्धता गरेको महिला अधिकारकर्मी सीता बरालले बताउनुभएको छ ।

जिल्लाको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगलागीबाट आमा र दुई छोराको मृत्यु भएपछि घटना बारे स्थलगत अनुगमनका लागि ‘युएनडिपी’द्वारा पठाइएको ६ सदस्यीय सङ्घीय सांसदको टोली घटनास्थल नपुगेरै फर्किएको थियो ।

पोरखे लेखमा हिउँ बढी भएका कारण उक्त टोली बडिमालिका नगरपालिका–७ रजातोलीमा स्थानीयवासीसँग छाउपडी प्रथाका बारेमा छलफल गरेको फर्किएको थियो ।

नगरपालिकाको घटनाले जिल्लाका सरोकारवाला निकायको भने ध्यान गएको छ । छाउपडीको अवस्थाबारे गाउँपालिका तथा नगरपालिकाले कतै छाउगोठ भत्काउने त कतै प्रत्येक टोलमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here