छतबाट लडेर बालिकाको मृत्यु

जाजरकोट, ३ असार- होटलको छतबाट लडेर आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका रिटा घर भई सदरमुकामस्थित कान्तिपुर होटलमा फुपु सुशीला चन्दसँग बस्दै आएकी युपी चन्द होटलको बार्दलीबाट लडेर घाइते भएकी थिइन् ।

चन्द तीन तला माथिबाट खसेकी थिइन् । उनलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here