चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता

बैतडी,२० बैशाख । बैतडी र दार्चुलाको सीमामा बग्ने चौलानी नदीमा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ खरेल गाउँकी १५ वर्षीया आशा नाथ रहेकी छिन्। बिहीबार साँझ सात बजेतिर नदीमा हाम फालेकी नाथको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

बिहीबार देखि नै खोजी सुरु गरिएको भएपनि नाथको अवस्था अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरी निरीक्षक नाथले बताए ।उनी नदीमा हाम फाल्नुको कारणबारे पनि केही खुलेको छैन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here