चौरजहारी घटनाबारे सरकारको ध्यानाकर्षण

सुर्खेत, २५ साउन: कर्णाली प्रदेशसभाको आजको बैठकमा सांसदहरुले रुकुम चौरजहारीमा एक महिलाको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले उक्त घटनामा लासमाथि राजनीति गर्न खोजिएको विचार व्यक्त गर्नुभयो । यही साउन २० गते जाजरकोट भेरी नगरपालिका–१३ कुदुकी २९ वर्षीया यशोदा मल्ल आरसीका उपचारका क्रममा भएको मृत्यु निकै दुःखद भएको बताउँदै सदस्य शर्माले भन्नुभयो, “उपचारमा लापरवाही भयो भएन छानबिन गर्नुपर्ने थियो तर एकातिर ज्यान गएको र अर्कोतर्फ अस्पतालको रु ३५ लाख क्षति भएको छ ।”

अप्रत्यक्ष रुपमा भइरहेको गलत राजनीतिकरणका कारण केही समयसम्म यशोदाको लास अस्पतालमा राख्नु परेको र आज मात्रै आफन्तले बुझेको उहाँको भनाइ थियो । पीडित परिवारलाई राहत र चिकित्सकहरुलाई निरुत्साहित नहुने खालको वातावरण तयार गर्नुपर्ने अवस्था आएको उहाँले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here