‘चौका दाउ’मा दावैदाउ…(भिडियाे सहित)

नेपाली कथानक चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएके छ । ४ पाका उमेरका मानिसको रमाइलो कथामा बनेको चलचित्रको ट्रेलरमा अभिनेत्री बर्षा राउतको पछि ४ पुरुष दौडिएको देखाइएको छ । चलचित्रमा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।

यो चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।

पुर्नेन्दु झाको निर्देशनमा तयार भएको यो चलचित्र सौर्यजित बाँस्कोटा र मनोजराज भण्डारीले निर्माण गरेका हुन् । पौषको २७ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र कमेडी कथामा निर्माण भएको निर्माण टिमले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here