चौंथो माईभ्याली गोल्डकपको उपाधि थ्री स्टारले उचाल्यो

इलामः१७ बैशाख–चौंथो माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ । उपाधिसँगै थ्री स्टार क्लबले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो ।

सदरमुकामस्थित ठूलो टुँडिखेलमा सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सिजनको पहिलो उपाधि हात पारेको हो । थ्री स्टारको जितमा अतिरिक्त समयको चौंथो मिनेटमा सुनिल बलले निर्णायक गोल गरे ।

उपविजेता बनेको मनाङले ४ लाख रुपैयाँ हात पार्‍यो । खेलको म्यान अफ दि म्याच मनाङका हेमन गुरुङले १० हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मनाङ मस्र्याङदी क्लबका कप्तान विराज महर्जनले स्कुटर प्राप्त गरे । प्रतियोगिताको राईजिङ प्लेयर माईभ्याली फुटबल क्लबका दर्शन गुरुङ घोषित भए ।

उनले ३५ हजार रुपैयाँ हात पारे । विधागत तर्फ थ्री स्टारका खेलाडीको वर्चश्व रह्यो । एलेन न्यौपाने उत्कृष्ट गोलरक्षक, पिटर सेगुन उत्कृष्ट डिफेन्डर, मार्टिन उत्कृष्ट स्ट्राईकर, सुनिल बल उत्कृष्ट मिडफिल्डर र मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here