चेल्सी वाटफोर्टसँग पराजित

काठमाडाैं, २३ माघ – इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी वाटफोर्टसँग पराजित भएको छ । जारी सिजनको लिगमा आठौँ  जित निकाल्ने क्रममा बाटफोर्टले १० खेलाडीमा सिमित चेल्सीलाई ४–१ गोल अन्तरले पराजित गर्यो  ।

खेलको ३० औँ  मिनेटमा बाकायोको दोहोरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिएपछि चेल्सीले त्यसपछिको समय १० खेलाडी लिएर खेलेको थियो ।  खेलको ४२ औँ मिनेटमा ट्रोए डिनेको गोल मार्फत अग्रता बनाएको वाटफोर्टले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । ८२ औँ मिनेटमा ईडेन हजार्डले बराबरी गोल गरेपनि त्यसपछिको ६ मिनेटमा बाटफोर्टले लगातार ३ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

८४ औँ मिनेटमा दोस्रो गोल गरेको वाटफोर्टले ८६ र खेलको अन्तिम मिनेटमा गोल गर्दै महत्वपुर्ण जित हात पारेको हो । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ ।२६ खेलको समाप्तीमा ५० अंक जोडेको चेल्सी तेस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछि छ । वाटफोर्ट भने ११ औँ  स्थानमा यथावत छ ।  यसैबीच स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा लास पाल्मास विजयी भएको छ ।

मालागालाई १–० ले हराउँदै पाल्मासले अंक तालिकामा ३ अंक थपेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको अन्तिम मिनेटमा गोल गर्दै पाल्मास विजयी भएको हो । जारी लिगमा पाल्मासको यो पाँचौ जित हो । -एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here